स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना ।

2076-03-04

 

विषय ः स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना ।
11:18:29
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार ३÷४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय (BA/BBS/B.Ed. 1st Year) तर्फका नियमित तथा आंशिक परीक्षामा यस क्याम्पसबाट सम्मिलित हुनका लागि परीक्षा आवेदन फारम भर्ने विद्यार्थीहरुले आ–आफ्नो परीक्षा आवेदन फारम यही मिति २०७६ साल असार २० गते  भित्र  यस क्याम्पस कार्यालयमा बुझाई सक्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । क्याम्पसले तोकेको समयसिमा भित्र परीक्षा आवेदन फारम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् आफै जवाफदेही हुनु पर्ने छ । (पुनश्चः परीक्षा आवेदन फारम भर्ने समय विहान १०ः०० देखि दिउसो ३ः०० वजे सम्म )
परीक्षा आवेदन फारम भर्ने सम्वन्धी अन्य विस्तृत जानकारीका लागि यस क्याम्पस कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिन्छ ।

 

 

 

 

................
क्याम्पस प्रमुख