एम.वि.एस. प्रथम सत्रको परीक्षा आवेदन फारम भर्ने सूचना !!

2076-03-01

विषय : एम.वि.एस. प्रथम सत्रको परीक्षा आवेदन फारम भर्ने सूचना ।


त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा, वल्खुद्वारा सञ्चालित सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Sutdies (MBS) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका  विद्यार्थीको प्रथम सेमेष्टरको नियमित तथा सन् २०१९ अघि भर्ना भई प्रथम सेमेष्टरको नियमित परीक्षामा सामेल भई अनुतिर्ण वा अनुपस्थित भएका आंशिक समूहका विद्यार्थीै (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको प्रथम सत्रको नियमित परीक्षा मिति २०७६ साल श्रावण चौथो सातादेखि संचालन हुने भएकोले यस क्याम्पसबाट सम्मिलित हुनका लागि  परीक्षा आवेदन फारम भर्ने नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरुले आ–आफ्नो परीक्षा आवेदन फारम यही मिति २०७६ असार २० गते  भित्र  यस क्याम्पस कार्यालयमा बुझाई सक्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । 
परीक्षा आवेदन फारम भर्ने सम्वन्धी अन्य विस्तृत जानकारीका लागि यस क्याम्पस कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिन्छ ।




         
 ...................
क्याम्पस प्रमुख